Recent Updates

सङ्खुवासभा जिल्ला

Map of Sankhuwasava Districtसङ्खुवासभा पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममासोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ। यसले नेपालको कुल क्षेत्रफलको २।३६५, पूर्वाञ्चल विकास क्षेत्रको १२।१९५ र कोशी अञ्चलको ३५।६८५ भू(भाग ओगटेको छ। समुन्द्री सतहदेखि ४५७ मिटर ९संसारको सबैभन्दा होचो अरुण उपत्यका देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४६३ मिटरसम्मको उचाईमा रहेको यो जिल्लाको उत्तरतर्फ फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरूले सजिएको यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवासयुक्त पहाडी भूभाग रहको छ। यस जिल्लाको आर्थिक श्रोत कृषिमा निर्भर रहेको छ। आर्थिकरूपले सक्रिय जनसंख्या ६०।७३५ भएपनि त्यसको ७७।६२५ कृषिमा र २२।३८५ गैरकृषि पेशामा निर्भर छन।
यस जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी संखुवासभा जिल्ला रहन गएको हो। शुरुमा यी दुई खोला बीचमा पर्ने भू(भागलाई संखुवासभा भनिने गरिन्थ्यो। तिथिमिति एकिन नभएपनि प्रशासनिक हेरफेरले गर्दा निकै समय पछिमात्र हालको संखुवासभा जिल्लाको स्वरूप निर्धारण भएको हो।
यस जिल्लाको सिमाना पुर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बू र भोजपुर, उत्तरमा  चीनको तिब्बत र दक्षिणमा धनकुटा र तेह्रथुम संग जोडिएकोछ । कुल क्षेत्रफल ३४६८।१७ वर्ग किलोमिटर रहेको यस जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिकाहो । विश्वकै पाँचौ अग्लो सिखर पनि यसै जिल्लामा अवस्थित छ भने विश्बै सबैभन्दा होचो भुभाग अरुण उपत्यका (४५७ मिटर) पनि यसै जिल्लामा पर्दछ ।

Mount Makaluभौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ। यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ। जैविक विविधता र प्राकृतिक संरक्षणको लागि मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लाली गुराँस संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन्। यस जिल्लाको कुल जमीनमध्ये ८।२७५ कृषियोग्य जमीन, ४०।३१५ वन क्षेत्र, ११।३७५ चरन तथा झाडी क्षेत्र, २७।३९५ हिम तथा जल क्षेत्र र १२।६६५ भू(भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ।
यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरू हुन भने सिद्धपोखरी,मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरू हुन।
यहाँ धार्मिक तथा पर्यटकीय महत्वका रमणीय स्थलहरू मनकामना मन्दिर, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम ९८,४६३ मिटर०, मकालु दोस्रो ९७,६७८ मिटर०, वरुनत्से ९७,१२९ मिटर०, चाम्लाङ्ग ९७,३१९ मिटर०, हिमचुली ९६,४२४ मिटर०, कुम्भकर्ण ९७,१२९ मिटर०, मकालु(बरूण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका, मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ।

0 comments

म्याङलुङ्ग बजार

Myanglung Bazar
म्याङलुङ्ग बजार, तेह्रथुम
म्याङलुङ्ग बजार तेह्रथुम जिल्लाको सदरमुकाम हो । विषेश गरेर लिम्बु जातीको बाहुल्यता रहेको तेह्रथुम जिल्लाको यस सदरमुकाममा भने बढि मात्रामा नेवार जातीहरु बसोबास गर्नेगर्छन् । हरेक शुक्रबारको दिन हाट लाग्ने यस बजार सम्म पुग्ने सडक हालैमात्र पक्कि बन्दै गरेकोछ ।

विराटनगर, धरान, धनकुटा, हिले, बसन्तपुर, लसुने हुँदै म्याङलुङ्ग बजार सम्म पुग्नको लागि स्थानिय बस वा ट्याक्सीको माध्यम बाट जान सकिन्छ । यहाँ सम्मको यात्राको क्रममा बाटोमा विभिन्न प्राकृति मनोरम दृश्यहरु, लालिगुराँस, तिनजुरे डाँडा तथा मकालु, कन्चनजंगा, कुम्भकर्ण लगायतका हिमालहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ भने म्याङलुङ्ग बजार भित्र रहेका सिंहवाहिनी मन्दिर र पाथिभरा मन्दिर ले यस बजारको सोभा झन बढाएको छ । साथै यहाँको अर्को मुख्य विशेषता भनेको ढाका कपडा हो जुन तेह्रथुमे ढाकाको नाममा प्रसिद्ध रहेकोछ ।

Singha Bahini Temple
सिंहवाहिनी मन्दिर
म्याङलुङ्ग बजारको नामाकरणको वारेमा पनि एउटा रोचक प्रसंग छ । लिम्बू भाषामा म्याउँको अर्थ बिरालो र लुङ्गुको अर्थ ढुङ्गा हुन्छ। म्याउलुङबाट अपभ्रंश भई म्याङलुङ भएको स्थानीय बूढापाकाहरूको भनाइ छ। प्रचलित लोककथा अनुसार धेरै पहिले डाँडाको एक चौतारामा दुइ ढाक्रे बास बस्न पुगेछन्। रातको समयमा खाना पकाउन ढुङ्गा खोजी चम्का लगाएर खाना पकाउन लाग्दा आगोको तापसँगै उक्त ढुङ्गा काँप्न थाल्यो। उक्त ढुङ्गा निकै तातेपछि काँप्दै लड्न पुग्यो र उनीहरूको खानासमेत पोखियो। रिसको झोकमा उनीहरूले सो ढुङ्गामा तरबार प्रहार गरे, तरबार प्रहारका क्रममा ढुङ्गाबाट म्याउँको आवाज आएको र त्यसबाट रगतसमेत बगेका कारण ढाक्रेहरू डराएछन्। उनीहरूले यो कुरा स्थानीय बासिन्दाहरूलाई सुनाए। उक्त घटना सुनिसकेपछि गाउँलेहरूले अब अनिष्ट हुने भयो भनी सो ढुङ्गालाई बाजागाजासहित हालको म्याङलुङ बजारको मध्यभागमा रहेको चौताराको वरको रूखको फेदमा स्थापित गरे। त्यहाँ पूजाआजा गर्ने, भाकल गर्ने र बलि चढाउने चलन अहिले पनि छ। यहाँको हावापानी मध्यम खालको भएकाले वातावरण रमणीय छ ।

वि.स.  २०५९ मंसिर २२ गते बेलुका म्याङलुङ्ग बजारमा भिषण आगलागि भएको थियो जसको कारण कुनै  मानवीय क्षति नभए पनि लगभग ८५ वटा घरसहित लत्ताकपडा, फर्निचर आदिका साथै सम्पूर्ण सामान जलेर खरानी भएका थिए। यसै क्रममा लगभग २ सय ५० घरपरिवार विस्थापित भए भने लगभग २ अरब बराबरको धनजनको क्षति भएको अनुमान गरिएको थियो ।
0 comments

बिराटनगर उपमहानगरपालिका


Biratnagar Airportबिराटनगर उपमहानगरपालिका नेपालको दोस्रो ठूलो सहर हो, जुन कोशी अञ्चल अन्तरगतको मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ। यो नेपालको सबैभन्दा ठूलो औद्योगिक नगर पनि हो। यो नगर तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन्। बिराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो। यहाँबाट भारत तथा तेस्रो मुलुकसँग ब्यापारिक बस्तुहरू आयात निर्यात गर्ने गरिन्छ।
बिराटनगरबाट काठमाडौं तथा नेपालका अन्य सहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ। विराटनगर विमानस्थलबाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ।
१९७० सम्म यस ठाउँलाई गोग्राहा भनिन्थो। केशर शम्सेर ..रा.ले आफ्नो मोरङ दौडाहाका समयमा भेडियारीमा पाईएका विराट राजाका दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट विराटनगर नामाकरण गरेका हुन।
वि. . १९६८मा विराटनगरको दक्षिणी सिमाना जोगवनीसम्म भारतिय रेल्वे सेवा संचालन हुन थाल्यो।त्यसपछी कृष्ण प्रसाद कोईराला, सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२मा सदरमुकाम बिराटनगर सरेको हो।
बास्तबमा भन्नु पर्दा बिराटनगर नेपालको महत्वपुर्ण औध्योगिक स्थल हो नेपालको पहिलो औध्योगिक सहर पनि हो याहा नै नेपालको पहिलो उध्योग बिराटनगर जुट मिल सन्चालनमा आएको थियो। क्रमस रघुपति जुट मिल, असोक टेक्सटाइल जस्ता उध्योग याहा खोलिएका थिये। हाल पनि याहा लगभग ५०० वटा उध्योगहरू यहा सन्चाल्नमा छ्न।
0 comments

झापा जिल्ला


Map of Jhapa District
झापा जिल्ला नेपालको अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. जनसंख्या करिव लाख रहेको छ। यो जिल्लाको पूर्व दक्षिणमा भारत, उत्तरमा इलाम, पश्चिममा मोरङ सुनसरी जिल्ला पर्दछन्। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो।
पृथ्वीनारायण शाहको शासन काल पूर्व मोरङ झापामा सेन वंशको राज्य थियो। सन् १७७३मा अभिमान सिंह बस्नेत सरदार सारथी भण्डारीको नेतृत्वमा आएको फौजले आक्रमण गरी मोरङ झापालाई कब्जा गरे। त्यहाँका राजा कर्णसेन भागेर धरान, विजयपुर पुगे। सन १७७४मा आक्रमण गरी विजयपुरलाई पनि कब्जामा लिए। अभिमान सिंह बस्नेतको नेतृत्वको फौजले पल्लो किराँतको उत्तरी सिमाना पूर्व तमोर नदीसम्म अधिकार जमायो। सिंहलिला (फालेलुङ्ग) डाँडाको पानी ढलको पश्चिमतर्फ बसोबास गरेका सिक्किम राज्यबाट सताइएका लिम्बू जातिहरू गोर्खालीसँग सम्झौता गरी नेपाल एकिकरणमा समाहित भएकाले पृथ्वीनारायण शाहको समयमा नेपालको सिमाना पूर्वी पहाडतर्फ सिंहलिला पहाडसम्म मैदानतर्फ कन्काई नदी क्षेत्रसम्म फैलियो। सन् १७८३मा अर्थात् रणबहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिमतर्फ कुमाउ, गढवाल पूर्वतर्फ टिष्टा नदीसम्म पुगेको थियो। तर सन् १८१४मा अङ्ग्रेजले विराटनगर रंगेलीबीच पर्ने 'धनपुर' भन्ने स्थान झापा बजार हाल कुमरखोद गाविसमा आक्रमण गरी आफ्नो कब्जामा लियो। बाध्यताबस १८१६ मार्च ४मा सुगौलीको सन्धिमा हस्ताक्षर गर्न नेपाल वाध्य भयो मेची नदी सदाको लागि पूर्वी अन्तर्राष्ट्रिय सिमाना हुन पुग्यो।
यस जिल्लामा मनसुनी हावा पानी ( अर्ध उष्ण उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ। गृष्मकालमा यहाँको तापक्रम ३२ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्दछ भने शीतकालमा १५ देखि १० डिग्री सेल्सियससम्म ओर्लिन्छ। कुनै वर्ष अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस सम्म पुगेको न्यून्तम तापक्रम डिग्री सेल्सियससम्म झरेको पाइन्छ। वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट यहाँ २७१.७५ मिलि मीटरसम्म वर्षा हुने गरेको पाइन्छ। यहाँको हावापानी ज्यादै उष्ण शुष्क हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभएपनि कृषि कार्यका लागि उपयोगी मानिन्छ।
0 comments

मोरङ जिल्ला

Map of morang districtमोरङ जिल्ला  औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। नेपालको पूर्व तराइमा पर्ने यो जिल्ला प्राचिनकालमा विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। बिसं २०१८ सालको प्रशासनिक विभाजन हुनुभन्दा अगाडी ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो। जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल ,८५५ वर्ग किलोमिटर छ। मोरङ जिल्लाको सदरमुकाम प्रमुख औद्योगिक शहर विराटनगर हो।
ईशापूर्वको प्रथम शताब्दीमै किराँती राजाहरूले कोशी नदी पूर्वको भू-भागलाई आफ्नो कर्मक्षेत्र बनाएका थिए। राज्य सञ्चालनको क्रममा कालान्तरमा यहाँ "हाङ" नामक किराँती राजाले राज्य सञ्चालन गरेको पाइन्छ। सो अवधिको प्रशासनिक क्षेत्रलाई "मावराङ्ग" भनिन्थ्यो। पछि मावराङ्ग शब्द नै अपभ्रंश भई मोरङ्ग भन्न थालिएको हो भन्ने किंवदन्ती रहेको छ।
 गर्मियाममा धेरै गर्मी जाडौ मौसममा सितलहर चलेको अवस्थामा वाहेक केही मात्रामा ठन्डा हुन्छ। यस जिल्लाको औषत अधिकतम तापक्रम न्यूनतमतापक्रममा धेरै अन्तर रहेको पाइदैन।
0 comments
 
Contact : info@rameskhadka.com.np
Copyright © 2015. EVERYTHING ABOUT PURWANCHAL || Eastern Development Region Nepal - All Rights Reserved
Website Designed By Ramesh Khadka
=========================================================================================================================================