Recent Updates

सुनसरी जिल्ला

Map of Sunsari District
सुनसरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा मोरङ जिल्ला, उत्तरमा इलाम तथा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यस जिल्लाको सदरमुकाम हो । १२५७ बर्ग कि.मी. क्षेत्रफलमा  फैलिएको यस जिल्लामा करिव ७ लाख मानिसको बसोबास रहेको छ। अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो। धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतयाः राई, लिम्बू, बाहुन, क्षेत्री, थारू, सतार आदि जनजातिको बसोबास पाइन्छ।
यस जिल्लाको नामाकरण भरौल गाविस क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो। यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, नरिसंह, जल्पापुर हुँदै भारततर्फ बगेको छ। सुनसरी जिल्ला महाभारत पर्वत श्रृङ्खला, चारकोसे जङ्गल र तराईका उर्वर भागहरू मिलेर बनेकोछ। यस जिल्लाको भौगोलिक वनावटलाई उत्तरको पहाडी प्रदेश, मध्यभागको भावर प्रदेश र दक्षिणको समथर भुमि गरी मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ।
यस जिल्लाका प्रमुख नदी तथा ताल तलैयाहरूमा सप्तकोशी, कोकाहा, सुनसरी, बुढी, सेउती, सर्दु, खेतीखोला, टेंग्रा, पकलीखोला  आदि पर्दछन्। भने नेपालका केहि प्रसिद्ध धार्मिक स्थलहरु पनि यसै जिल्लामा अवस्थित छन् । जस्तै बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिवजट्टा, रामधुनी, विष्णुपादुका चतारा धाम आदी।  

4 comments

भेडेटार

Bhedetar
भेडेटार नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। भेडेटार गाविसको भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ। भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन। अझ भेडेटारको भ्यू टावर अर्थात चार्ल्सप्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकैपटक हेर्नसकिन्छ।
पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो। यहाँबाट धनकुटा सदरमुकाम ३६ कि.मी. दूरीमा रहेको छ। भेडेटारबाट पाँचथर जिल्लाको राँकेसम्मको निर्माणधिन सडक पूर्वतर्फगएको छ भने आहाले हुँदै वराहक्षेत्र जाने निर्माणधिन सडक पश्चिम तर्फगएको छ। उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ। यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्यावलोकनकालागि तर्राई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन्। भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ। २०३८ सालमा वेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चार्ल्सप्वाइन्ट नामकरण गरिएको हो। चार्ल्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पो सम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्यावलोकन टावर निर्माण भइरहेको छ। भेडेटारबाट नजीकै उत्तरपट्टी राजमार्गको "नमस्ते मोड" छेउमा रमणीय नमस्ते र्झना बगेको छ। भेडेटारबाट केही पश्चिममा ऐतिहासिक साँगुरीगढी (साँगुरी भञ्ज्याङ) रहेको छ। यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्वको स्थानको रूपमा अझ विकसित हुदै जाने सम्भावना रहेको छ।
1 comments

Dhankuta Bazaar

Dhankuta BazaarDhankuta  is a hill town of Nepal located along the geographical coordinates- 26° 59' 0" N / 87° 20' 0" E, with about 20,000 inhabitants, located in the Dhankuta District in the eastern part of Nepal. Until about 1963 Dhankuta Bazaar (the town) was the administrative headquarters for the whole of north-eastern Nepal. Located a half mile above the town were the buildings of the Bada Hakim, the feudal district governor of the whole north-eastern region, a man with enormous power. The town also had the regional jail and army post. Because of Dhankuta's isolation from the lowland Terai and from Kathamandu, it was in many ways a self-governing area.

From 1963 Nepal was divided into 75 Panchayat Districts, and the traditional Dhankuta administrative region was divided up into about six of the panchayat districts. The power of the Bada Hakim was transferred to the central government's appointed Panchayat Development Officer and each district's elected Panchayat President.

Now there is a sharp contrast between Dhankuta Bazaar and the surrounding rural villages. The town is a commercial center and has a population that is primarily Newar. The surrounding area is agricultural and the population is made up of many caste/tribal groups, notably Magar, Rai (Aathpaharias), Limbu, Tamang and Tibetan.
Dhankuta Bazaar, on the North-South Koshi Highway, is now the administrative headquarters for the Eastern Development Region, and is home to a number of offices for NGOs and aid agencies serving in the area. The large bazaar of Hile further up the road, is an important trading centre and major road head, serving the remote hinterlands of the Arun valley and Bhojpur. Villagers walk for many days from surrounding districts to trade in Hile and Dhankuta bazaars, although road building in the district may reduce the importance of these centres. The vegetation zones in the district range from sub-tropical Sal forest along the Tamur and Arun rivers, and cooler temperate forests on some of the high ridges that mark the watershed between the two catchments. The altitude ranges from around 300m to 2500m. The majority of the population are involved in agriculture and crops include maize, rice and millet. Important cash crops include citrus fruits, cauliflower, cabbage, ginger, and in recent years, tea. A well-preserved forest (Rani Bhan - Queen's Forest) spreads along a ridge line on the northwest side of the village, with well-developed mature stands of rhododendron and pine trees.
1 comments

Dhankuta District


Map of dhankuta District
The district covers an area of 891 km² and has a population (2001) of 166,479. Dhankuta Bazar is the district headquarters and a major administrative region in the Eastern region. The vegetation zones in the district range from sub-tropical Sal forest along the Tamor and Arun rivers, and cooler temperate forests on some of the high ridges that mark the watershed between the two catchments. The altitude ranges from around 300m to 2500m. The majority of the population are involved in agriculture and crops include maize, rice and millet. Important cash crops include citrus fruits, cauliflower, cabbage, ginger, and in recent years, tea. A well-preserved forest (Rani Bhan - Queen's Forest) spreads along a ridge line on the northwest side of the village, with well-developed mature stands of rhododendron and sal (pine) trees.
3 comments
 
Contact : info@rameskhadka.com.np
Copyright © 2015. EVERYTHING ABOUT PURWANCHAL || Eastern Development Region Nepal - All Rights Reserved
Website Designed By Ramesh Khadka
=========================================================================================================================================