
यस जिल्लाको नामाकरण कसरी भयो भन्ने स्पष्ट कुनै तार्किक आधार नदेखिए पनि सोधकर्ताहरूका अनुसार पाँचथर शब्द ूपान्थरथुमुू बाट आएको हो र सो ूपान्थरथुमू शब्द ूपान्थरुू र ूथुमू मिलेर बनेको शब्द हो। पान्थरुको अर्थ कुरा थामेको ९ब्नचभभम०, थुमको अर्थ इलाका वा किल्ला ९म्ष्कतचष्अत० हो। यसै शब्दार्थका आधारमा नेपाल एकीकरण पश्चात यहाँका चलिआएका धर्म, संस्कृति र रीतिरिवाजका बारेमा ुफेदेनुमा ुचुम्लुङ्गुबसी सभाले तय गरेका निर्णय नेपाल सरकारमा पेश हुँदा तत्कालिन राजाले त्यसलाई स्वीकृती दिएपछि लिम्बुवान क्षेत्रको रितिरिवाज सम्बन्धि कुरामिलेको ९पान्थरु० हुँदा यस क्षेत्रकै नाम पान्थरु रहेको हो भन्ने मत पाइएता पनि किराँत इतिहासका पुराना साहित्यहरूमा इस्वी सम्वत ५५० ताकाको बर्णन
गर्ने क्रममा नै पान्थर शब्दको प्रयोग भएको पाइन्छ।
पूर्वमा भारतको सिक्किम र दार्जिलिङ्ग , पश्चिममा तेह्रथुम र धनकुटा जिल्ला, उतरमा ताप्लेजुङ जिल्ला र दक्षिणमा इलाम र मोरङ जिल्ला सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १,२४१ वर्ग किलोमिटर रहेको छ भने यो जिल्लाको सदरमुकाम फिदिम हो ।
काबेली, तिम्बुपोखरी, महादेव स्थान, जोरपोखरी, आगेजुङ्ग गुम्बा, पाथीभरा देवीस्थान याङनाम, सिद्ध देवीस्थान, गढी मन्दिर, थाक्ले मन्दिर, किराँतहरूको प्रसिद्ध लुब्रेकुटी मन्दिर, महागुरु फाल्गुनन्दको मन्दिर आदि यहाँका प्रमुख धार्मिक महत्वका स्थानहरु हुन् ।