Recent Updates
Showing posts with label Jhapa. Show all posts
Showing posts with label Jhapa. Show all posts

झापा जिल्ला


Map of Jhapa District
झापा जिल्ला नेपालको अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. जनसंख्या करिव लाख रहेको छ। यो जिल्लाको पूर्व दक्षिणमा भारत, उत्तरमा इलाम, पश्चिममा मोरङ सुनसरी जिल्ला पर्दछन्। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो।
पृथ्वीनारायण शाहको शासन काल पूर्व मोरङ झापामा सेन वंशको राज्य थियो। सन् १७७३मा अभिमान सिंह बस्नेत सरदार सारथी भण्डारीको नेतृत्वमा आएको फौजले आक्रमण गरी मोरङ झापालाई कब्जा गरे। त्यहाँका राजा कर्णसेन भागेर धरान, विजयपुर पुगे। सन १७७४मा आक्रमण गरी विजयपुरलाई पनि कब्जामा लिए। अभिमान सिंह बस्नेतको नेतृत्वको फौजले पल्लो किराँतको उत्तरी सिमाना पूर्व तमोर नदीसम्म अधिकार जमायो। सिंहलिला (फालेलुङ्ग) डाँडाको पानी ढलको पश्चिमतर्फ बसोबास गरेका सिक्किम राज्यबाट सताइएका लिम्बू जातिहरू गोर्खालीसँग सम्झौता गरी नेपाल एकिकरणमा समाहित भएकाले पृथ्वीनारायण शाहको समयमा नेपालको सिमाना पूर्वी पहाडतर्फ सिंहलिला पहाडसम्म मैदानतर्फ कन्काई नदी क्षेत्रसम्म फैलियो। सन् १७८३मा अर्थात् रणबहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिमतर्फ कुमाउ, गढवाल पूर्वतर्फ टिष्टा नदीसम्म पुगेको थियो। तर सन् १८१४मा अङ्ग्रेजले विराटनगर रंगेलीबीच पर्ने 'धनपुर' भन्ने स्थान झापा बजार हाल कुमरखोद गाविसमा आक्रमण गरी आफ्नो कब्जामा लियो। बाध्यताबस १८१६ मार्च ४मा सुगौलीको सन्धिमा हस्ताक्षर गर्न नेपाल वाध्य भयो मेची नदी सदाको लागि पूर्वी अन्तर्राष्ट्रिय सिमाना हुन पुग्यो।
यस जिल्लामा मनसुनी हावा पानी ( अर्ध उष्ण उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ। गृष्मकालमा यहाँको तापक्रम ३२ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्दछ भने शीतकालमा १५ देखि १० डिग्री सेल्सियससम्म ओर्लिन्छ। कुनै वर्ष अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस सम्म पुगेको न्यून्तम तापक्रम डिग्री सेल्सियससम्म झरेको पाइन्छ। वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट यहाँ २७१.७५ मिलि मीटरसम्म वर्षा हुने गरेको पाइन्छ। यहाँको हावापानी ज्यादै उष्ण शुष्क हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभएपनि कृषि कार्यका लागि उपयोगी मानिन्छ।
2 comments
 
Contact : info@rameskhadka.com.np
Copyright © 2015. EVERYTHING ABOUT PURWANCHAL || Eastern Development Region Nepal - All Rights Reserved
Website Designed By Ramesh Khadka
=========================================================================================================================================