झापा जिल्ला नेपालको अत्याधिक
उर्वर तथा घना
वस्ती भएको जिल्ला
हो। यो जिल्लाको
क्षेत्रफल १६०६ बर्ग
कि.मी. र
जनसंख्या करिव ७
लाख रहेको छ।
यो जिल्लाको पूर्व
र दक्षिणमा भारत,
उत्तरमा इलाम,
पश्चिममा मोरङ र सुनसरी
जिल्ला पर्दछन्। देशको केन्द्रीय
राजनीतिमा मुख्य भूमिका खेल्दै
आएको झापा जिल्ला
खाद्यान्न उत्पादनको लागि पनि
महत्वपूर्ण जिल्ला हो।
पृथ्वीनारायण
शाहको शासन काल
पूर्व मोरङ र
झापामा सेन वंशको
राज्य थियो। सन्
१७७३मा अभिमान सिंह बस्नेत
र सरदार सारथी
भण्डारीको नेतृत्वमा आएको फौजले
आक्रमण गरी मोरङ
र झापालाई कब्जा
गरे। त्यहाँका राजा
कर्णसेन भागेर धरान, विजयपुर पुगे। सन
१७७४मा आक्रमण गरी विजयपुरलाई
पनि कब्जामा लिए।
अभिमान सिंह बस्नेतको
नेतृत्वको फौजले पल्लो किराँतको
उत्तरी सिमाना र पूर्व
तमोर नदीसम्म अधिकार
जमायो। सिंहलिला (फालेलुङ्ग) डाँडाको
पानी ढलको पश्चिमतर्फ
बसोबास गरेका र सिक्किम राज्यबाट सताइएका लिम्बू जातिहरू गोर्खालीसँग
सम्झौता गरी नेपाल
एकिकरणमा समाहित भएकाले पृथ्वीनारायण
शाहको समयमा नेपालको
सिमाना पूर्वी पहाडतर्फ सिंहलिला
पहाडसम्म र मैदानतर्फ
कन्काई नदी क्षेत्रसम्म
फैलियो। सन् १७८३मा
अर्थात् रणबहादुर शाहको शासनकालमा
नेपालको सिमाना पश्चिमतर्फ कुमाउ,
गढवाल
र पूर्वतर्फ टिष्टा नदीसम्म पुगेको
थियो। तर सन्
१८१४मा अङ्ग्रेजले विराटनगर
र रंगेलीबीच पर्ने
'धनपुर' भन्ने स्थान र
झापा बजार हाल
कुमरखोद गाविसमा आक्रमण गरी
आफ्नो कब्जामा लियो।
बाध्यताबस १८१६ मार्च
४मा सुगौलीको
सन्धिमा हस्ताक्षर
गर्न नेपाल वाध्य
भयो र मेची
नदी सदाको लागि
पूर्वी अन्तर्राष्ट्रिय सिमाना हुन पुग्यो।
यस जिल्लामा मनसुनी हावा
पानी ( अर्ध उष्ण
र उष्ण हावा
पानी पनि भनिन्छ
) पाइन्छ। गृष्मकालमा यहाँको तापक्रम
३२ डिग्री सेल्सियस
देखि ३५ डिग्री
सेल्सियससम्म पुग्दछ भने शीतकालमा
१५ देखि १०
डिग्री सेल्सियससम्म ओर्लिन्छ। कुनै वर्ष
अधिकतम तापक्रम ४२ डिग्री
सेल्सियस सम्म पुगेको
र न्यून्तम तापक्रम
८ डिग्री सेल्सियससम्म
झरेको पाइन्छ। वर्षा
ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने
मनसुनी हावाबाट यहाँ २७१.७५ मिलि
मीटरसम्म वर्षा हुने गरेको
पाइन्छ। यहाँको हावापानी ज्यादै
उष्ण र शुष्क
हुने हुँदा स्वास्थ्यका
लागि उपयोगी नभएपनि
कृषि कार्यका लागि
उपयोगी मानिन्छ।