म्याङलुङ्ग बजार, तेह्रथुम |
विराटनगर, धरान, धनकुटा, हिले, बसन्तपुर, लसुने हुँदै म्याङलुङ्ग बजार सम्म पुग्नको लागि स्थानिय बस वा ट्याक्सीको माध्यम बाट जान सकिन्छ । यहाँ सम्मको यात्राको क्रममा बाटोमा विभिन्न प्राकृति मनोरम दृश्यहरु, लालिगुराँस, तिनजुरे डाँडा तथा मकालु, कन्चनजंगा, कुम्भकर्ण लगायतका हिमालहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ भने म्याङलुङ्ग बजार भित्र रहेका सिंहवाहिनी मन्दिर र पाथिभरा मन्दिर ले यस बजारको सोभा झन बढाएको छ । साथै यहाँको अर्को मुख्य विशेषता भनेको ढाका कपडा हो जुन तेह्रथुमे ढाकाको नाममा प्रसिद्ध रहेकोछ ।
सिंहवाहिनी मन्दिर |
वि.स. २०५९ मंसिर २२ गते बेलुका म्याङलुङ्ग बजारमा भिषण आगलागि भएको थियो जसको कारण कुनै मानवीय क्षति नभए पनि लगभग ८५ वटा घरसहित लत्ताकपडा, फर्निचर आदिका साथै सम्पूर्ण सामान जलेर खरानी भएका थिए। यसै क्रममा लगभग २ सय ५० घरपरिवार विस्थापित भए भने लगभग २ अरब बराबरको धनजनको क्षति भएको अनुमान गरिएको थियो ।