सङ्खुवासभा पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममासोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ। यसले नेपालको कुल क्षेत्रफलको २।३६५, पूर्वाञ्चल विकास क्षेत्रको १२।१९५ र कोशी अञ्चलको ३५।६८५ भू(भाग ओगटेको छ। समुन्द्री सतहदेखि ४५७ मिटर ९संसारको सबैभन्दा होचो अरुण उपत्यका देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४६३ मिटरसम्मको उचाईमा रहेको यो जिल्लाको उत्तरतर्फ फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरूले सजिएको यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवासयुक्त पहाडी भूभाग रहको छ। यस जिल्लाको आर्थिक श्रोत कृषिमा निर्भर रहेको छ। आर्थिकरूपले सक्रिय जनसंख्या ६०।७३५ भएपनि त्यसको ७७।६२५ कृषिमा र २२।३८५ गैरकृषि पेशामा निर्भर छन।
यस जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी संखुवासभा जिल्ला रहन गएको हो। शुरुमा यी दुई खोला बीचमा पर्ने भू(भागलाई संखुवासभा भनिने गरिन्थ्यो। तिथिमिति एकिन नभएपनि प्रशासनिक हेरफेरले गर्दा निकै समय पछिमात्र हालको संखुवासभा जिल्लाको स्वरूप निर्धारण भएको हो।
यस जिल्लाको सिमाना पुर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बू र भोजपुर, उत्तरमा चीनको तिब्बत र दक्षिणमा धनकुटा र तेह्रथुम संग जोडिएकोछ । कुल क्षेत्रफल ३४६८।१७ वर्ग किलोमिटर रहेको यस जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिकाहो । विश्वकै पाँचौ अग्लो सिखर पनि यसै जिल्लामा अवस्थित छ भने विश्बै सबैभन्दा होचो भुभाग अरुण उपत्यका (४५७ मिटर) पनि यसै जिल्लामा पर्दछ ।
भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ। यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ। जैविक विविधता र प्राकृतिक संरक्षणको लागि मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लाली गुराँस संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन्। यस जिल्लाको कुल जमीनमध्ये ८।२७५ कृषियोग्य जमीन, ४०।३१५ वन क्षेत्र, ११।३७५ चरन तथा झाडी क्षेत्र, २७।३९५ हिम तथा जल क्षेत्र र १२।६६५ भू(भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ।
यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरू हुन भने सिद्धपोखरी,मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरू हुन।
यहाँ धार्मिक तथा पर्यटकीय महत्वका रमणीय स्थलहरू मनकामना मन्दिर, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम ९८,४६३ मिटर०, मकालु दोस्रो ९७,६७८ मिटर०, वरुनत्से ९७,१२९ मिटर०, चाम्लाङ्ग ९७,३१९ मिटर०, हिमचुली ९६,४२४ मिटर०, कुम्भकर्ण ९७,१२९ मिटर०, मकालु(बरूण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका, मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ।