मोरङ जिल्ला

Map of morang districtमोरङ जिल्ला  औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। नेपालको पूर्व तराइमा पर्ने यो जिल्ला प्राचिनकालमा विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। बिसं २०१८ सालको प्रशासनिक विभाजन हुनुभन्दा अगाडी ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो। जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल ,८५५ वर्ग किलोमिटर छ। मोरङ जिल्लाको सदरमुकाम प्रमुख औद्योगिक शहर विराटनगर हो।
ईशापूर्वको प्रथम शताब्दीमै किराँती राजाहरूले कोशी नदी पूर्वको भू-भागलाई आफ्नो कर्मक्षेत्र बनाएका थिए। राज्य सञ्चालनको क्रममा कालान्तरमा यहाँ "हाङ" नामक किराँती राजाले राज्य सञ्चालन गरेको पाइन्छ। सो अवधिको प्रशासनिक क्षेत्रलाई "मावराङ्ग" भनिन्थ्यो। पछि मावराङ्ग शब्द नै अपभ्रंश भई मोरङ्ग भन्न थालिएको हो भन्ने किंवदन्ती रहेको छ।
 गर्मियाममा धेरै गर्मी जाडौ मौसममा सितलहर चलेको अवस्थामा वाहेक केही मात्रामा ठन्डा हुन्छ। यस जिल्लाको औषत अधिकतम तापक्रम न्यूनतमतापक्रममा धेरै अन्तर रहेको पाइदैन।
Share this article :
 
Contact : info@rameskhadka.com.np
Copyright © 2015. EVERYTHING ABOUT PURWANCHAL || Eastern Development Region Nepal - All Rights Reserved
Website Designed By Ramesh Khadka
=========================================================================================================================================