बिराटनगर उपमहानगरपालिका


Biratnagar Airportबिराटनगर उपमहानगरपालिका नेपालको दोस्रो ठूलो सहर हो, जुन कोशी अञ्चल अन्तरगतको मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ। यो नेपालको सबैभन्दा ठूलो औद्योगिक नगर पनि हो। यो नगर तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन्। बिराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो। यहाँबाट भारत तथा तेस्रो मुलुकसँग ब्यापारिक बस्तुहरू आयात निर्यात गर्ने गरिन्छ।
बिराटनगरबाट काठमाडौं तथा नेपालका अन्य सहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ। विराटनगर विमानस्थलबाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ।
१९७० सम्म यस ठाउँलाई गोग्राहा भनिन्थो। केशर शम्सेर ..रा.ले आफ्नो मोरङ दौडाहाका समयमा भेडियारीमा पाईएका विराट राजाका दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट विराटनगर नामाकरण गरेका हुन।
वि. . १९६८मा विराटनगरको दक्षिणी सिमाना जोगवनीसम्म भारतिय रेल्वे सेवा संचालन हुन थाल्यो।त्यसपछी कृष्ण प्रसाद कोईराला, सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२मा सदरमुकाम बिराटनगर सरेको हो।
बास्तबमा भन्नु पर्दा बिराटनगर नेपालको महत्वपुर्ण औध्योगिक स्थल हो नेपालको पहिलो औध्योगिक सहर पनि हो याहा नै नेपालको पहिलो उध्योग बिराटनगर जुट मिल सन्चालनमा आएको थियो। क्रमस रघुपति जुट मिल, असोक टेक्सटाइल जस्ता उध्योग याहा खोलिएका थिये। हाल पनि याहा लगभग ५०० वटा उध्योगहरू यहा सन्चाल्नमा छ्न।
Share this article :
 
Contact : info@rameskhadka.com.np
Copyright © 2015. EVERYTHING ABOUT PURWANCHAL || Eastern Development Region Nepal - All Rights Reserved
Website Designed By Ramesh Khadka
=========================================================================================================================================